New Executive Committee Announcement

सन्ध्या राई 
अगष्ट २२, शिकागो ।

नेपालको विभिन्न क्षेत्रबाट आएर अमेरिकाको शिकागो शहरमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाईटी (सिएनएफएस) को पाँचौ साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले २०१४ देखि २०१६ सम्मको लागि निर्वाचित समितिको कार्यकाल समाप्त गरि नयाँ कार्य समिति समेत चुनेको छ ।

  हिजो सम्पन्न भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष बेनी माधब कंडेलले प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो दुई वर्षे कार्यकालको गतिविधिहरु बारेमा प्रकाश पार्नु भएको थियो । यस बीचमा दशैं, नेपाली नयाँ वर्ष, तीज, समर बार्बिक्यू लगायतका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै  स्वस्थ्य सम्बन्धी कार्याशाला, बालबालिकालाई फुटबल प्रशिक्षण तथा नेपाली कक्षा शुरुवात भयो ।

यसैगरी, संस्थाको कार्यालय संचालन गरिएको छ भने नेपाली क्यालेन्डर छाप्ने, नेपाली चलचित्र प्रदर्शन, भलिबल कपको आयोजना लगायतका कार्यहरु गरेको थियो । यसै अवधिमा नेपालमा गएको विनासकारी भूकम्पको लागि शारदा थापको अध्यक्षता ९ सदस्सीय समिति गठन गरी सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गर्ने काम समेत भएको थियो ।

संस्थाका सचिव इश्वरी बगालेले सञ्चालन गर्नु भएको सो कार्यक्रमा कोषाध्यक्ष भानु घिमिरेले  आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष कंडेलको सभापतित्वमा  सम्पन्न सो कार्यक्रममा एसोसिएसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (एन्मा) का अध्यक्ष शुशील राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । यसै गरी  कार्यक्रममा नवनियुक्त पर्यटनदुत तथा संस्थाका सल्लाहकार बाला घिमिरे,  एन्मा नासिया जोइन्ट कन्भेन्सनका अध्यक्ष बालाराम पन्थी लगायत स्थानीय संस्थाका प्रतिनिधिहरु पनि अतिथि रहनु भएको थियो ।

यसै बीच, यो साधारण सभाद्धारा आगामी दुई बर्षको लागि टेकराज पौडेलको अध्यक्षतामा १५ सदस्सीय कार्य समिति निर्वाचित भएको छ । यस समितिमा गणेश थापा प्रथम उपाध्यक्ष, इश्वरी पाठक द्धितिय उपाध्यक्ष, विक्रम थापा तृतीय उपाध्क्ष, मुकेश कुमार चौधरी कोषाध्यक्ष,र  कृष्ण बर्तौला महासचिवमा निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सृजना पाठक चापागाई, टिएन (तोयानाथ) भण्डारी, सुमन पाठक, दक्षिणा दाहाल भण्डारी, मनोज चौधरी, राजेन्द्र पंगनी, ओम प्रकाश डुम्रे, मीन दर्लामी मगर, र अमित खनाल चयन हुनु भएको छ ।

Newly Elected Executive Committee from 5th General Assembly held of August 21st, 2016

President – Tekraj Paudel
Vice-President 1 – Ganesh Thapa
Vice-President 2 – Ishwori Pathak
Vice President 3 – Bikram Thapa
General Secretary – Krishna P. Bartaula
Treasurer – Mukesh Kumar Chaudhary

Executive Members:

1 . Shrijana Pathak C:hapagain
2. TN (Vishwash) Bhandari
3. Suman Pathak
4. Dakshina Dahal Bhandari
5. Manoj Chaudhary
6.. Rajendra Prasad Pangeni
7. Om Prakash Dumre
8. Min Darlami Magar
9. Amit Khanal

Media Coverage:

http://dcnepal.com/news/news.php?nid=230110

http://www.thenepaltoday.com/2016/08/blog-post_31.html#.V7-VwCgrLIW

http://himalipost.com/diaspora/america/2016/08/23/2552043/

http://www.brtnepal.com/2016/08/22/1735/

5th General Assembly Video